२० चैत, धादिङ – धादिङकागायक सन्तोष अधिकारीको स्वरमा रहेको आधुनिक गीतको भिडियो सार्वजनिक भएको छ । दिलमा घाउ बोलको गीत युट्युब मार्फत सार्वजनिक भएको हो ।
भिडियोमा नायिका निता ढुंगाना तथा कमल र साजनको अभिनय छ । गीतको शब्द र संगीत पनि गायक सन्तोष अधिकारीकै हो । धादिङ नलाङ घर भएका गायक अधिकारीको पहिलो गीति एल्बम मज्जा छुट्टै निकै चर्चित भएको थियो ।
गीतको म्युजिक भिडियोलाई कजिस श्रेष्ठ र बबिता पुरीले निर्देशन गरेकि हुन् । सुरेश राउत को सम्पादन रहेको यस म्युजिक भिडियोको छायांकन सागर गौतमले गरेका छन् ।
भिडियोलाई प्रियसी म्युजिकले बजारमा ल्याएको हो ।