१९ चैत, धादिङ – प्रवेशिका परीक्षा एसएलसी अन्र्तगत दोस्रो दिन शुक्रबार अनिवार्य नेपाली विषयको परीक्षा संचालन भएको छ ।
दोस्रो दिनको परीक्षामा धादिङ जिल्लाभर १ सय २ जना परीक्षार्थी अनुपस्थित रहेको जिल्ला शिक्षा कार्यलय धादिङले जनाएको छ । नियमित तर्फ ४० जना, एक्जामटेड तर्फ ६२ जना अनुपस्थित भएका थिए ।
धादिङ जिल्लाभर निर्धारण गरिएको २६ वटा परीक्षा केन्द्रहरु मार्फत शुक्रबार ७ हजार २ सय ४४ जना विद्यार्थीहरुले परीक्षा दिएका छन् । जसमा नियमित तर्फ ६ हजार ४ सय ९ जना र एक्जामटेड तर्फ ८ सय ३५ जना रहेका छन् ।
नेपाली विषयको परीक्षा शान्त र मर्यादित ढंगबाट संचालन भएको सहायक जिल्ला शिक्षा अधिकारी रमा अर्यालले जानकारी दिइन् ।