१९ चैत चितवन – चितवनको विकट लोथर गाविसमा चट्याङ लागेर एक चेपाङ किशोरीको मृत्यु भएको छ । हावाहुरीसँगै आएको चट्यानले घरमा सुतिरहेका बेला बिहिबार ज्यान गएको हो ।
चट्याङ लाग्दा सिद्धि–२ की १७ वर्षीया चन्द्रमायाँ चेपाङको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय चितवनले जनाएको छ।
चितवनका प्रहरी प्रमुख प्रहरी उपरीक्षक वसन्तबहादुर कुँवरका अनुसार चट्याङ लागि घाइते भएका चेपाङको उपचारका क्रममा भरतपुर अस्पतालमा मृत्यु भएको हो।