Wed. Mar 19th, 2025

इन्स्पेक्टरबाट डिएसपीमा बढुवा हुन २० वर्ष लाग्ने !

१९ चैत, काठमाडौं –  सशस्त्र प्रहरी बलमा खुल्ला प्रतिस्पर्धाबाट भर्ना भएको प्रहरी निरिक्षक (इन्स्पेक्टर)को पहिलो ब्याच आधारभुत तालिम पुरा गर्ने बित्तीकै डिएसपीमा बढुवा भएको थियो ।

१४ वर्षको अवधिमा त्यही संगठनमा इन्स्पेक्टरबाट डिएसपीमा बढुवा हुन २० वर्ष लाग्ने अवस्था आएको छ । कर्मचारीको बृत्ति विकास योजना नहुँदा सशस्त्र प्रहरीमा कर्मचारीको करिअर चौपट भएको हो ।

अहिले खुल्ला प्रतिस्पर्धाबाट भर्ना भएको १२ वर्ष बित्दापनि इन्स्पेक्टरहरु डिएसपीमा बढुवा हुन सकेका छैनन् ।

संठगनमै अहिले कै अबस्था रहिरहने हो भने अबको केही वर्षपछि इन्स्पेक्टरबाट डिएसपी हुन २० वर्ष लाग्ने अवस्था रहेको सशस्त्र प्रहरी अधिकारीहरु बताउँछन् । जसका कारण संगठनमा व्यापक निराशा छाएको छ । नयाँ पत्रिकाबाट

About The Author

अन्य समाचारहरु: