१८ चैत, धादिङ – धादिङका विभिन्न संचार माध्यममा कार्यरत संचारकर्मीहरुलाई सुरक्षित आप्रवासन सम्बन्धी तालिम प्रदान गरिएको छ ।
आवाज अभियान नेपाल र हेल्भेटास स्वीस इन्टरको अपरेसनसँगको साझेदारीमा धादिङको जोगीमारामा तालिम संचालन गरिएको हो ।
दुई दिनसम्म संचालन गरिएको तालिममा कान्तिपुर दैनिकका दिनेश रेग्मीले वैदेशिक रोजगारीका बारेमा कसरी रिर्पोटिङ गर्ने, कस्ता कस्ता माध्यम अपनाउन सकिन्छ भन्ने विषयमा जानकारी गराएका थिए । नेपाल सरकारले लागु गरेको फ्रि भिसा फ्रि टिकटका बारेमा पनि जानकारी गराइएको थियो ।
तालिमको बिहिकार एक कार्यक्रमको आयोजना गरि समापन गरिएको छ ।