Wed. Mar 19th, 2025

धादिङ जिल्लाबाट २ जना दृष्टिविहिन विद्यार्थीले एसएलसी परीक्षा दिए

sarswati-shalikramसरिता श्रेष्ठ /१८ चैत,  धादिङ  – एसएलसी परीक्षामा धादिङ जिल्लाबाट दुईजना दृष्टिविहिन विद्यार्थीले परीक्षा दिएका छन् ।

धादिङको सिम्लेमा रहेको महाकाली उमावि परीक्षा केन्द्रबाट शाालिकग्राम नेपाल र सरस्वती खनालले परीक्षा दिएका हुन् । उनीहरु दुवैजना थाक्रेमा रहेको जनजागृति उमाविमा अध्ययनरत छन् । नेपालको परीक्षा कक्षा ९ का वीर बहादुर राइ र खनालको परीक्षा पवित्रा लामाले दिएका थिए ।

सम्झेका कुरा आफुभन्दा तल्लो कक्षाको सहयोगीबाट लेखाएर परीक्षा दिनु पर्ने भएकाले दृष्टि विहिन विद्यार्थीहरु चिन्तित बनेका छन् । सहयोगीबाट परीक्षा दिँदा आफले जानेका कुरा समेत समयभित्र लेख्न नभ्याइने सरस्वती खनालले बताइन् । अरुको सहायताले परीक्षा दिनु पर्ने भएका कारण आजको परीक्षामा सबै प्रश्नको हल गर्न नध्याएको उनको भनाई छ । अंगाङगता भएका व्यक्तिलाई थप ३० मिनेट समय दिइन्छ ।

परीक्षा नियन्त्रण कार्यालयले यस्ता विद्यार्थीलाई ब्रेनलिपीमा प्रश्न सोध्ने र उत्तर दिने व्यवस्था गरेको छैन । यस्तो व्यवस्था नहुँदा गणितमा ज्यामिति, विज्ञानमा रसायन, सामाजिकमा नक्सा बनाउने प्रश्नको जवाफ दिन सक्दैनन् । यसले गर्दा जानेका प्रश्न पनि छोड्नु पर्ने विद्यार्थीको गुनासो छ ।

आफुभन्दा तल्लो कक्षामा पढ्ने सहयोगीबाट लेखाउँदा एकातिर समय बढि लाग्छ । अर्कोतिर शुद्ध लेख्न समस्या हुन्छ । परीक्षामा अतिरिक्त समय नहुँदा प्रश्नको उत्तर जानेर पनि लेख्न भ्याइदैन । अनिवार्य अंग्रेजी विषयको परीक्षा दिएका दृष्टिविहिन विद्यार्थी शाालिकग्राम नेपालले बताए ।

दृष्टि विहिन विद्यार्थीहरुका लागि ब्रेनलिपीमा प्रश्नपत्र र उत्तर लेख्ने व्यवस्था नभएपनि नक्सा र चित्रको साटो बैकल्पिक प्रश्न तयार गर्न सकिए विद्यार्थीहरुलाई केही राहत पुग्ने धादिङको जनजागृति उच्च माविका शिक्षक रामचन्द्र रुपाखेतीको भनाई छ ।

अघिल्लो वर्ष पनि यसै विद्यालयका ३ दृष्टिविहिन विद्यार्थीले एसएलसी दिएका थिए । ३ मध्ये १ जना विशिष्ट श्रेणी र २ प्रथम श्रेणीमा पास भएका थिए ।

About The Author

अन्य समाचारहरु: