Wed. Mar 19th, 2025

दिदीको परीक्षा बहिनीले दिँदै गर्दा धादिङमा एक जना पक्राउ

pakrau१८ चैत, धादिङ – धादिङको महेन्द्रवाराही उमावि परीक्षा केन्द्रबाट एसएलसी परीक्षा दिदै गरेको अवस्थामा विहिबार एकजना पक्राउ परेका छन् ।

विहिबारदेखि सुरु भएको एसएलसी परीक्षाको अनिवार्य अंग्रेजी विषयको परीक्षा दिदैँ गर्दा सर्मिला तामाङ पक्राउ परेका हुन् ।

उनले आफ्नै दिदी प्रेममाया तामाङको सट्टामा परीक्षा दिएका थिए ।  धादिङको सेमजोङमा रहेको चौतारा मावि बाट एसएलसी परीक्षा दिएका हुन् । पक्राउ परेका तामाङको अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यलय धादिङले जनाएको छ ।

एसएलसी परीक्षामा नियम मिच्नेलाई शिक्षा ऐन बमोजिम १ लाख सम्मको जरिवाना वा ६ महिना सजाय वा दुवै सजाय हुन सक्ने जिल्ला प्रहरी कार्यलय धादिङका इन्पेक्टर भीम भट्टराईले जानकारी दिए ।

About The Author

अन्य समाचारहरु: