Wed. Mar 19th, 2025

कानुनी तथा नीतिगत व्यवस्था पालना अनुगमन कार्यक्रम

१८ चैत,  धादिङ – नेपाल सरकार संघिय मामिला तथा स्थानिय विकास मन्त्रालय स्थानिय शासन तथा सामुदायिक विकास कार्यक्रम एलजीसीडीपी स्थानिय शासन उत्तरदायि संयन्त्र एलजीएएफ र सहयात्री समाज नेपालको साझेदारीमा संचालित स्थानिय निकायको कानुनी तथा नीतिगत व्यवस्था पालना अनुगमन अन्तर्गत गाविस स्तरिय समिक्षा तथा छलफल कार्यक्रम कुम्परु गा.वि.स.को गा.वि.स. कार्यलयमा बिहिबार सम्पन्न भएको छ ।

कार्यक्रममा कुम्पुर गाविसका गाविस सचिव विण्णु प्रसाद भण्डारीको अध्यक्षता रहेको कार्यक्रममा ,राजनैतिक दलका प्रमुखहरु ,वडा नागरिक मन्चको संयोजकहरु , नागरिक सचेतना केन्द्रका संयोजक आमा समुह,महिला संजाल र अन्य संघसंसथाका गरी जम्मा ३० जनाको सहभागिता रहेको थियो । कार्यक्रममा जवाफदेहिताका औजारहरुका विषयमा छलफल गर्दा ३ वटा औजारहरु नटागरिक वडापत्र, सूचना पाटी र सुझाव पेटिका मात्र कार्यन्वयन गरेको पाईयो ।

कार्यक्रमका सहभागीहरुले आगामी दिनहरुमा ९ वटै औजारलाई व्यवहारिक रुपमा कार्यान्वयन गर्ने कुरामा जोड दिएका थिए । साथै यस्तो कार्यक्रम प्रत्येक वडामा यो कार्यक्रम गर्नु पर्ने माग पनि आएको छ । कार्यक्रमलाई कार्यक्रम संयोजक ज्ञानु कंडेल र शुसासन अधिकृत चन्द्रकला सिंखडाले सहजीकरण गरेका थिए ।

About The Author

अन्य समाचारहरु: