१७ चैत, धादिङ – धादिङको थाक्रे गाँउ विकास समितिका किशोरी समूहहरुले पृथ्वी राजमार्ग आसपास सञ्चालित होटल तथा खाजा घरहरुमा नियमित अनुगमन गर्न थालेका छन् ।
बालबालिका माथि हुने व्यवसायिक यौन तथा श्रमशोषण न्यूनिकरण गर्ने उद्देश्यले किशोरी समूह एकजुट भई अनुगमन थालिएको हो ।
द फ्रीडम फण्ड र जेनेभाग्लोबलको सहयोगमा आवाज अभियान नेपाल धादिङले सञ्चालन गरेको व्यवसायीक बाल यौनशोषण विरुद्धको परियोजना अन्तरगत गठित किशोरी समूहहरुको अगुवाइमा अनुगमन सञ्चालन गर्न थालिएको हो ।
आवाज अभियान नेपाल धादिङकी कार्यक्रम संयोजक इन्दिरा श्रेष्ठका अनुसार थाक्रे गाविसमा गठित विभिन्न ४ वटा किशोरी समूहको अगुवाइमा मंगलबार पृथ्वी राजमार्गको जुगेखोला देखि नौबसे सम्म ६ किलोमिटर लामो पदयात्रा गरी उनीहरुले होटल तथा खाजा घरहरुमा पर्चा बाँड्दै बालबालिकालाई कुनै पनि शोषण र श्रममा नलगाउन अनुरोध गरेका छन् ।