१६ चैत, धादिङ – धादिङको किराञ्चोक गाँउ विकास समितिको वडा नं १ प्रवाङमा लोकगीत प्रतियोगीता सम्पन्न भएको छ ।
असल नागरिकको इच्छा, घर घरमा बाल विवाहको शिक्षा भन्ने मुल नाराको साथ बाल विवाह अन्त्यका लागि जनचेतना मुलक लोकगीत प्रतियोगिता आयोजना गरिएको हो ।
किराञ्चोक उच्च माध्यमिक विद्यालयमा भएको कार्यक्रममा विभिन्न विद्यालयका बाल क्लब, किशोरी समूह तथा आमा समूहहरुको सहभागीता रहेको थियो ।
गाउँ बाल संरक्षण तथा सम्बर्द्धन उपसमिति किरान्चोक को आयोजना तथा फोकस नेपाल र सेभ द चिल्ड्रेनको समन्वयमा प्रतियोगीता आयोजना गरिएको हो । गाउँ बाल संरक्षण तथा सम्बर्द्धन उप समिति किरान्चोकका संयोजक तिर्थ दुवडीको सभापतित्वमा सम्पन्न भएको थियो ।
प्रतियोगितामा सदबहार बाल क्लब किरान्चोक उच्च मा वि प्रथम , स्याङ्मै डाँडाँ आमा समूह किरान्चोक ८ द्धितीय र सगरमाथा बाल क्लब पन्चकन्या निमावि तृतीय भएका थिए । प्रतियोगितामा प्रथम, द्धितीय र तृतीय हुने समूहहरुलाई क्रमश रु १५००, १२००, १००० नगद सहित प्रमाणपत्र वितरण गरिएको थियो ।