Thu. Mar 20th, 2025

त्रिपुरेश्वर र सत्यदेवीमा खानेपानी सरसफाई कार्यक्रमको अनुगमन

visit 1१६ चैत, धादिङ – अक्सफामको सहयोगमा कोसोक नेपालले संचालन गरेको त्रिपुरेश्वर सत्यदेबी गाविसको खानेपानी तथा सरसफाइ कार्यक्रमको सरोकारवालाहरुबाट अनुगमन गरिएको छ ।

 त्रिपुरेश्वर गाविसको डाडाँगाउँ खानेपानी, जलजले भञ्ज्याङप्रावि, सत्यदेबी गाविसको बच्छला उच्चमावि, सत्यदेबी प्रावि, राकचोक खानेपानी योजना र सो अन्तरगतका रहेका शौचालय तथा अस्थाइ अवास सम्बन्धी कार्यक्रममा आवद्ध व्यक्तिहरुसंग अनुगमन टोलीले छलफल गरेको थियो ।

अनुगमनका क्रममा खानेपानी योजनाहरु अन्तिम चरणमा पुगेको, केही दिनमा निर्माण सम्पन्न हुने, शौचालय निर्माणको कार्य सबै घरधुरीले निर्माण गरिसकेको उपभोक्ताहरुले बताएका छन् । जिल्ला स्थित सरकारी निकाय, गाविस सचिव र संचारकर्मी, कोसोक र अक्सफामका प्रतिनिधिहरुले संयुक्त रुपमा अनुगमन गरेका थिए ।

visit 2

त्रिपुरेश्वर र सत्यदेबी गाविसमा १ हजार १ सय ३० शौचालय निर्माणका लागि समूदायका व्यक्तिहरुलाई शौचालय सामाग्री उपलब्ध गराइएकोले उपभोक्ताहरुले शौचालय निर्माण गरिरहेका छन् । सयदेबी र त्रिपुरेश्वर गाविसमा ३ सय ८२ घरका लागि ८ खानेपानी आयोजना निर्माण भइरहेको छ ।

सत्यदेबी गाविसका ८ र त्रिपुरेश्वर गाविसका ४ विद्यालय गरि १२ विद्यालयका खानेपानी, शौचालय, फोहोर व्यवस्थापन स्थल निर्माण गरिएको र निर्माणको अन्तिम चरणमा निरन्तर काम भइरहेको अनुगमनको क्रममा कोसोक नेपालका कार्यक्रम संयोजक प्रज्वल शर्माले जानकारी दिए ।

About The Author

अन्य समाचारहरु: