१२ चैत, धादिङ – एक्सन नेपाल र हेफर इन्टरनेशनल नेपालको संयुक्त साझेदारीमा सञ्चालित साना किसान उद्यमी सवलीकरण परियोजना मुरलीभञ्ज्याङ अन्तर्गत परियोजना कार्यान्वयन तथा अनुगमन समिति बैठक नीलकण्ठ नगरपालिका वडा ८ मा मुरलीभञ्ज्याङमा सम्पन्न भएको छ ।
नीलकण्ठ नगरपालिका वडा ८, ९ र १० का संयुक्त वडा सचिव सरोज तिवारीको संयोजकत्वमा सम्पन्न बैठकमा राजनैतिक दलका प्रतिनिधि, वडा नागरिक मञ्चका संयोजक, परियोजना संयोजक शन्त भट्टराई, प्राविधिक संयोजक सुवास खतिवडा र सामाजिक सहजकर्ता मीना लंसाल र फत्त कुमारी श्रेष्ठको उपस्थिति रहेको थियो ।
समितिको बैठक सँगसँगै समिति पूनर्गठन पनि गरिएको थियो । नवगठित समितिको संयोजकमा नीलकण्ठ नगरपालिका वडा ८, ९ र १० का संयुक्त वडा सचिव सरोज तिवारी र सदस्यहरुमा नेपाली कांग्रेस वडा नं. ८का सभापति गुण बहादुर थपलिया, वडा नं. ९ का गुणमान परियार, वडा नं. १० का चित्र बहादुर गुरुङ, नेकपा एमाले वडा नं. ८का वडा सचिव केशव कोइराला, वडा नं. १० का वडा संयोजक नन्द बहादुर गुरुङ, एनेकपा माओवादीका भक्त बहादुर रेग्मी, राप्रपा नेपालका नन्दराम विश्वकर्मा, नेकपा मालेका खगेश्वर कोइराला रहेका छन् ।
त्यस्तै मुरलीभञ्ज्याङ स्वास्थ्य चौकी प्रमुख कृष्ण बहादुर पौडेल, वडा नागरिक मञ्च नीलकण्ठ ८ का संयोजक भक्त बहादुर परियार, वडा नागरिक मञ्च नीलकण्ठ ९का संयोजक रामशरण दुवाडी, कालिका प्रा.वि.नीलकण्ठ ८का शिक्षक रोहिणी प्रसाद कोइराला र मण्डली महिला विकास सहकारीका सुशिला श्रेष्ठ रहेका छन् ।