१२ चैत, धादिङ – जिल्ला विकास समिति धादिङले धादिङमा सञ्चालनमा रहेका खानीहरुको अनुगमन सुरु गरेको छ । वातावरण जोगाउँदै बालुवा, ढुंगाका खानी सञ्चालन गर्नका लागि दबाब बढ्दै जान थालेपछि अनुगमन सुरु गरिएको हो ।
जिल्लाको मुख्य आम्दानीको स्रोतको रुपमा रहेको ढुंगा, गिट्टी र बालुवाका खानीलाई अहिले जिविसले ब्यवस्थित बनाउँदै करको दायरामा समेत ल्याउन थालेको छ । अनुगमनमा दर्ता नगरी चलाई रहेका खानीलाई खानी तथा भूगर्भ विभागसँगको सहकार्यमा दर्ता गर्नका लागि समेत अनुरोध गरिएको छ ।
नियमित कर तिरेको छरछैन हेर्ने कार्य समेत तीब्र पारेको जिविस धादिङले जनाएको छ । जिल्लामा छाउने ढुंगा, स्लेट, चुनढुंगालगायतका खानीसमेत सञ्चालनमा छन् ।
जिल्ला विकास समितिले यस वर्ष खानीजन्य बस्तुको बिक्री तथा निकासी कर बापत करिव १९ करोड रुपैयाँ राजस्व संकलन गर्ने लक्ष्य राखेको छ ।