मुम्बई, कात्तिक ६ (एजेन्सी) – ४३ वर्षीय बलिउड हिरो अजय देवगनले आफ्नो मूल्य बढाएका छन्। बोल बच्चनसहित लगातार सुपरहिट कमेडी फिल्ममा हिरो रहेका उनले ७ दिनको सुटिङका लागि ७ करोड रुपियाँ मागेका छन्। यो रकम अतिथि भूमिकाका लागि उनले दावी गरेका हुन्।
‘उनले प्रतिदिन १ करोड रुपियाँ लिने गरेको जानकारी पाएँ। यो अजयको नयाँ मूल्य हो,’ एक निर्माता र निर्देशकले बताए।
छिट्टै अजय हिरो रहेको फिल्म सन अफ सर्दार रिलिज हुँदैछ। फिल्मको सफलताका लागि अजय र हिरोइन सोनाक्षी सिन्हाले अमृतसरमा रहेको स्वर्ण मन्दिरमा दर्शन गरेका छन्।