Tue. Mar 18th, 2025

धादिङका ८२ विद्यार्थी एसएलसी परीक्षामा सहभागी हुन नपाउने

slc
१२ चैत, धादिङ – देशभर एसएलसी परीक्षाको तयारी भैरहँदा धादिङका ८२ जना विद्यार्थी   एसएलसी परीक्षामा सहभागी हुन नपाउने भएका छन् ।

२ सय २० दिन विद्यालय खुल्ने अवधिमा १ सय ७५ दिन विद्यालयमा हाजिर नभएका विद्यार्थीहरुले परीक्षा दिन नपाएका हुन् । ७५ प्रतिशत हाजिरी नभएका र आवेदन फारम बापतको दस्तुर समयमा नबुझाएका विद्यार्थीहरुले एसएलसी परीक्षामा संलग्न हुन नपाउने जिल्ला शिक्षा कार्यलय धादिङको भनाई छ । अघिल्लो वर्ष ६८ जना विद्यार्थीहरु एसएलसी परीक्षामा सहभागी हुन पाएका थिएनन् ।

चैत १८ गतेदेखि सुरु हुने एसएलसी परीक्षामामा धादिङ जिल्लाबाट ७ हजार ३ सय ६५ जना परिक्षार्थी सहभागी हुनेछन् । नियमित तर्फ ६ हजार ४ सय ८७ जना र एक्जाम्टेड तर्फबाट ८ सय ७८ जना परीक्षामा सहभागी हुने जिल्ला शिक्षा अधिकारी रेनुका पाण्डेले जानकारी दिइन् ।

परीक्षा मर्यादित बनाउन विभिन्न अनुगमन टोली बनाएर आचार संहिता बनाइएको छ । परिक्षार्थीले नियमित विद्यालय पोशाकमै परिक्षा दिनुपर्ने, मोवाईल प्रयोग गर्न नपाइने लगायतका आचार संहितको व्यवस्था गरिएको जिल्ला शिक्षा कार्यालयले जनाएको छ ।

About The Author

अन्य समाचारहरु: