प्रयत्नशील सामुदायिक विकास समाज (प्रयास नेपाल) धादिङ र यूनाईटेड मिसन टु नेपालसँगको साझेदारीमा धादिङ जिल्लाको पिडा र महादेवस्थान गाविसमा विगत ६ वर्ष देखि बाल केन्द्रित सामुदायिक विकास कार्यक्रम संचालन हुदै आइरहेको छ । यस कार्यक्रमको दोश्रो चरणको परियोजनाको लागि प्राविधिक (अनमी) सामाजिक परिचालक करारमा नियुक्ति गर्नुपर्ने भएको हुँदा बिकट गाविसको विभिन्न वडाहरुमा बसी समुदायको सेवा गर्ने मनोभावना भएको नेपाली नागरिकहरुबाट आफ्नो व्यक्तिगत विवरण (ऋख्) र निवेदन सहित सुचना प्रकाशित भएको मितिले ७ (सात) दिनभित्र तल उल्लेखित ठेगानामा दरखास्त आह्वान गरिएको छ । म्याद नाघि आएको र रीत नपुगेको दरखास्त उपर कुनै कारवाही हुने छैन । प्रारम्भिक छनौटमा परेका उमेद्वारलाई मात्र लिखित परीक्षामा समावेश गराईनेछ ।
विज्ञापन नं : ३२÷०७२—०७३
आवश्यक पद : (स्वास्थ्य प्राविधिक) सामाजिक परिचालक
आवश्यक संख्या : १ जना
प्रमुख जिम्मेवारीहरुः
–समूहमा रहेर कार्य गर्न सक्ने तथा स्थानीय परिवेशमा घुलमिल हुन सक्ने ।
पोषण सम्बन्धि ज्ञान भएकोलाई प्राथमिकता ।
सकरात्मक भिन्न व्यवहारमा आधारित पोषण सुधार केन्द्र (PD HEARTH) संचालन गर्ने
मासिक तथा वार्षिक कार्ययोजना बनाउन सहजीकरण र कार्यान्वयनमा प्राविधिक सहयोग ।
मासिक प्रतिवेदन तयार गर्ने ।
विद्यालय, महिला समुह र वालक्लव सहजीकरण गर्ने ।
समुदायमा संचालित कार्यक्रम तथा स्वयंम सेवकहरुको अनुगमन गर्ने ।
आवश्यक शैक्षिक योग्यता र अन्य सीपः
कम्तीमा १०ं२ उतिर्ण वा स्वास्थ्य क्षेत्रमा अनमि (ANM) पास गरेको
स्वास्थ्य क्षेत्रमा कम्तीमा १ देखि २ वर्षको समुदायमा रहेर काम गरेको अनुभव भएको ।
समुह, समुदाय परिचालन र सहजिकरण गर्ने सीप भएको
एकाई प्रतिवेदन लेखनमा राम्रो दखल भएको
कम्प्युटर सीप भएको (नेपाली टाईप राम्रोसँग गर्न सक्ने)
समुदायमा सम्वन्ध बिस्तार गर्ने सिप भएको
दुर्गम क्षेत्रमा रहेर काम गर्न सक्ने र चाहाने
परिक्षाको किसिम : लिखित, प्रयोगात्मक र अन्तवार्ता हुनेछ ।
दरखास्त बुझउने ठेगाना : प्रयत्नशील सामुदायिक विकास समाज (प्रयास नेपाल) धादिङ
करार अवधि : १ बर्ष, कार्य क्षमताको आधारमा थप गर्न सकिने छ ।
पारिश्रमिक : संस्थाको नियम अनुसार हुनेछ ।
दरखास्त बुझाउने अन्तिम मितिः २०७२ चैत्र १७ गते ४ः०० बजे सम्ममात्र
(नोटः स्थानीय र जनजाति, दलित र अनुभवीलाई प्राथमिकता दिईनेछ । पदपुर्ति सम्बन्धि सम्पूर्ण अधिकार प्रयास नेपाल धादिङमा निहित रहनेछ । टेलिफोन सम्पर्कलाई निरुत्साहित गरिनेछ ।)
पदपुर्ती समिति, प्रयास नेपाल धादिङ