११ चैत, धादिङ – रोजगारीका लागि बिदेश बस्दै आएका नेपालीहरुका समस्या र कथाव्याथालाई कथा बाइएको चलचित्र ‘राहदानी’ शुक्रबारबाट देशभर प्रदर्शनमा आउने भएको छ ।
बिदेशका केही मुलुमा गरिएको प्रिमिएरबाट राम्रो प्रतिक्रिया पाउन सफल चलचित्र स्वदेशमा पनि चल्ने निर्देशक डब्बु क्षेत्रीले बताए ।
लक्ष्मी प्रसाद ढकाद, रम्भा पाण्डे, रियाना पात्रबँश, नैनु शमशेर जबरा, कृष्णचन्द्र झा र अभिषेक मान सिंह निर्मित यो चलचित्रमा दयाहाङ राई, रुपा खनाल, अशोक रिजाल, सृजना सुब्बा, नविन लम्साल, बिनिता घिमिरे, मोनिका दाहाल, विकाश जोसी, फुपु तेन्जिङ शेर्पा, अस्मिता बस्नेत, विधा कार्की, दिनेश दुलाल लगायतको अभिनय रहेको छ ।
रामशरण उप्रेतीले खिचेको यो फिल्ममा अभिनेत्री रिमा विश्वकर्मा एउटा आईटम गीतमा छिन् । चलचित्रको बिग सिनेमा भवनमा बिहिबार प्रिमिएर समेत गरिएको छ । प्रिमिएरमा कलाकार तथा रंग पत्रकारको बाक्लो उपस्थिति रहेको थियो ।