Sat. Mar 15th, 2025

चीनमा खानी दुर्घटना, १९ जनाको मृत्यु

China-Flag
११ चैत चीन – चीनमा बुधबार राति भएको खानी दुर्घटनामा परी कम्तीमा पनि १९ जनाको ज्यान गएको  छ।

समाचार संस्था सिन्ह्वाका अनुसार चिनियाँ अधिकारीहरुले त्यहाँ हुने गरेको खानी दुर्घटनाको पछिल्लो शिकार १९ जना मजदुर भएको जानकारी दिएका हुन्।

उत्तरी चीनको सान्ची प्रान्तमा बुधबार राति सो दुर्घटना भएको बताइएको हो। राति १० बजे उक्त प्रान्तको सानियान काउन्टीमा रहेको एन्पिङ खानीमा सो घटना भएको खानी मालिकले जानकारी दिएका छन्। खानीमा अकस्मात भएको विस्फोटमा परी १९को ज्यान गएको र अरु केही हराईरहेका  छन्।

उक्त काउन्टीमा रहेको खानी समूहले बिहीबार त्यसमा अरु मजदुर नफसेका र मृत्यु हुनेको सङ्ख्या १९ पुगेको जानकारी दिएका छन्।

दुर्घटनापछि घाइतेलाई अस्पताल पु¥याइएको छ भने थप उद्वारको काम जारी रहेको छ। सो काउन्टीमा यसअघि पनि कोइला खानीमा दुर्घटना भएको थियो। राससरसिन्ह्वा

About The Author

अन्य समाचारहरु: