१० चैत्र , धादिङबेसी– होली पर्वका अवसरमा उच्छृङ्खल गतिविधिमा संलग्न भएको आरोपमा प्रहरीले धादिङबेसीबाट मंगलबार ५ जना युवालाई पक्राउ गरेको छ ।
जिल्ला प्रहरी कार्यलय धादिङबाट खटिएको टोलीले उच्छृङ्खल गर्दै हिँडेको भन्दै ५ जना युवालाई पक्राउ गरेको हो ।
जथाभावी रूपमा लोला हान्दै हिँडेका, ग्रामिण यातयातको एउटा बसको सिसामा क्षती पु्र्याएको भन्दै्र प्रहरीले नियन्त्रणमा लिएको हो ।
सामाजिक सद्भाव खलबलाउने युवाहरुलाई नियन्त्रणमा लिईएको जिल्ला प्रहरी कार्यलय धादिङका प्रहरी निरिक्षक भिमलाल भट्टराईले बताए । पक्राउ परेकाहरुको नाम प्रहरीले गोप्य राखेको छ ।
उनीहरुलाई छानवीन गरी आवश्यक कानुनी कारबाही गरिने समेत भट्टराईले बताए । जिल्लाको अन्य स्थानबाट भने कसैलाई पनि प्रहरीले नियन्णमा लिएको छैन ।