Tue. Mar 18th, 2025

होलीको रंग हटाउने तरिका

lola९ चैत धादिङ– रङहरुको पर्व होली आज एक आपसमा अविर दलेर मनाईन्छ ।

अझै युवायुवती भने होलीमा विभिन्न रङ दलेर अनुहार रङग्याउने गरेका छन् । तर अनुहारमा लागेका विभिन्न रङहरु कसरी पखाल्ने भन्ने चिन्ता लाग्ने गरेको छ ।

होलीको रंग हटाउन तातो पानी प्रयोग गर्नु हुँदैन, किनभने रंग रसायनले बनेको हुन्छ र तातो पानीमा त्यसको रियाक्सन हुनसक्छ ।
केसमा तुरुन्तै स्याम्पु प्रयोग नगर्रौ । वरु, अन्डा वा दहीको पेस्ट प्रयोग गरौं ।

अनुहारमा लागेको रंग हटाउन साबुन वा फेसवासभन्दा प्राकृतिक सामग्री दूध, गुलावजल, दही आदिको पेस्ट प्रयोग गर्नु उपयुक्त हुन्छ ।

अनुहारमा लागेको रंग हटाउँदा छाला रगड्नु हुादैन । हल्का ढंगले विस्तारै धुनुपर्छ ।

कागती र घिउकुमारीको लेप प्रयोग गरेर पनि प्राकृतिक तरिकाले छालाको रंग हटाउन सकिन्छ ।

About The Author

अन्य समाचारहरु: