Mon. Mar 17th, 2025

धादिङमा दुरसञ्चारको टावर निर्माण गर्न सुचना तथा सञ्चारमन्त्रीको निर्देशन

mobile_tower

राज ढुङगाना /८ चैत, धादिङ – सुचना तथा सञ्चारमन्त्री शेरधन राईले धादिङका जनताहरुले परिवर्तनको अनुभुती गर्ने गरी दुरसञ्चारको टावर निर्माण प्रक्रिया अगाडि बढाउन निर्देशन दिए।

आइतबार उनले दुरसञ्चार प्राधिकरणलाई लिखितपत्र जारी गरि आफुले मात्र नभई देशभरीका जनताले धेरै पटक राजमार्ग आवतजावत गर्दा नेटवर्क को समस्या भोग्नु परेको बताउदै आवश्यक ठाँउमा अनुसन्धान गरी तत्काल टावर निर्माण प्रक्रिया अघि बढाउन निर्देशन दिएका हुन् ।

उनले सञ्चारको पहुँच प्राप्त गर्ने जनताको अधिकार सुनिश्चितताको लागि आफू लागिपरेको बताए। सरकारी डिलासुस्ती भए आफुलाई जानकारी दिन र आबश्यक परे तत्कालै कारवाही को प्रक्रिया सुरु गर्ने मन्त्री राईले बताए । केहिदिन अघिमात्र युवासंघ अन्तर जिल्ला समिति धादिङले मन्त्री राईलाई धादिङको विकट क्षेत्र महादेवस्थानको ताल्ती लागाएत का ठाँउमा टेलिकमको टावर निर्माण प्रक्रिया सुरु गर्ने अनुरोध गर्दे ज्ञापनपत्र बुझाएको थियो ।

About The Author

अन्य समाचारहरु: