Thu. Feb 27th, 2025

बाख्रा म¥यो, सहकारीको ऋण कसरी तिर्ने ?

goat-dhading 1
सरिता श्रेष्ठ / ८ चैत, धादिङ – धादिङको महादेवस्थान ४ बाँकसखोलाकी इन्द्रकुमारी तामाङले बाख्रा पाल्नका लागि स्थानीय सहकारीबाट डेढ लाखको ऋण झिकिन् । सुधारिएको खोर निर्माण गरिन् । बाख्रा राम्रैसंग फस्टायो पनि । तर सहकारीबाट निकालेको ऋण पनि छिट्टै चुत्याउला र राम्रै आम्दानी गरौँला भन्ने आशा अहिले निराशामा परिणत भएको छ ।

अज्ञात रोगले बाख्रा मर्ने क्रम नरोकिएपछि इन्द्रकुमारी मात्रै होइन गाउँका अधिकांश किसान चिन्तित बनेका छन् । ‘२ वटा बाख्रा राम्रैसंग ब्यायो । तीन दिनमा बाउ पाठा सबै म¥यो । आजसम्म आठओटा त मरिसक्यो । सबै भक्लभक्ल मर्न थाल्यो केही बुझ्न सकिन’ खाउला भनेर ऋणधन गरेर खोर सुधार गरेर बाख्रा हालियो । सबै मरेर सकिने भयो । डेढलाख ऋण काटेको छु । बाँकी भएकोलाई बचाउन पाए पनि केही हुन्थ्यो होला’ इन्द्रकुमारीलाई आफूले पालेको बाख्रा एकाएक मरेपछि सहकारीको ऋण कसरी तिर्ने भन्ने चिन्ताले सताउन थालेको छ । इन्द्रकुमारीले गत सालको पुस महिनामा गाँउमै रहेको साना किसान दियालो सहकारी संस्थाबाट ऋण लिएकी छन् ।

goat dhading 2

पाठीहरु म¥यो, अन्य बिरामी छन्, बिरामी भएकाहरु पनि बाँच्छन् भन्ने कुनै आश छैन उनी भन्छिन् ।  पानीको अभाव, कृषिमा कम उत्पादन र अन्य आम्दानीको बाटो नभएपछि बाख्रा पालन व्यवसाय गर्न थालेकी उनले मर्ने त मरिसक्यो बाँकी बाख्रा बचाइदिन आग्रह गरेकी छन् ।

काफलटारकी सुन्तली तामाङ पनि सहकारीको ऋण कसरी तिर्ने भन्ने चिन्तामा छिन् । सहकारीबाट ऋण लिइयो, बाख्रा एकाएक मर्न थालेपछि आम्दानीको बाटो नै रोकिएको छ । ‘बाख्रालाई हुकाई, बढाई अलि ठूलो बनाएर घरखर्ची टार्ने र बालबच्चालाई पढाउने इन्द्रकुमारी तामाङको सपना त्यतिकै रोकिएको छ । ८ वटा बाख्रा मरिसक्यो ८ वटा बिरामी छन् त्यसलाई बचाउन पाए ऋण तिर्न सकिन्थ्यो कि ।’ रोग नियन्त्रणको लागि किसानहरुले सम्बन्धित निकायसंग गुहार मागेका छन् ।

goat dhading 3

इन्द्रकुमारी र सुन्तलीको जस्तै समस्या धादिङ महादेवस्थान १ को कलङगा, वडा नं २ को सीमथली, वडा नं ३ को पारलाक र वडा नं ४ को काफलटार गाँउका धेरै किसानहरुले एक महिनादेखि भोगिरहेका छन् । सहकारीबाट ऋण झिक्दै पशुपालन व्यावसाय थालेका उनीहरु गाँउमा एकाएक पशु मर्न थालेपछि समस्यामा परेका छन् ।

फागुन महिनाको पहिलो सातातिर काफलटारका केही घरमा पालेका कुखुराहरु मर्न थाल्यो । अहिले पूजाआजा गर्न लोकल कुखुराको अण्डा समेत छैन । कुखुरा सकिएपछि गाउँको सिकारी कुकुरहरु मर्न थाले । त्यसपछि बाख्रा बिरामी पर्न थाल्यो । ¥याल काट्ने, झोक्राउने, घोसो मुन्टो लगाउने, दिशा कालो गर्ने, घाँसपानी नखाने लक्षण देखा पर्न थाले । यस्ता लक्षण देखा परेको २४ घण्टाभित्र पशुहरु मर्ने गरेको किसानहरुको भनाई छ ।

goat dhading 4 copy

यस्तो समस्या देखिएपछि गाँउका स्थानीयले गाँउमा रहेको पशुसेवा केन्द्र तथा गाँउमा रहेका प्राविधिकहरुलाई खबर गरेका थिए । गाँउमा रहेका पशु जेटिए तथा प्राविधिकहरुले औषधी ल्याउनुस् अनि निको हुन्छ भन्ने सल्लाह मात्र दिए । प्राविधिकले पिपिआर र भ्यालसिनको सुई ल्याउन सल्लाह दिएका थिए ।  तर गाँउलेहरुले औषधी लिएर आउदा मरिसक्ने पीडित किसानहरु बताउँछन् ।

गाँउमा चलेको प्रकोपका बारेमा केही दिन अघि जिल्ला पशु सेवा कार्यलय धादिङका प्रमुख देवेन्द्र भगतलाई जानकारी गराएका थिए । तर कार्यालयले मरेको प्रत्येक बाख्राको मुजुल्का बनाएर ल्याउन सल्लाह दिदै पशु सेवा कार्यालयका प्राविधिक किसानको गोठमा पुगेर सेवा दिन नभ्याउने जवाफ दिएको किसानहरुको गुनासो छ । बरु चेकजाँचको लागि मरेको बाख्रा कार्यालयसम्म ल्याउन भनेको किसानको भनाई छ ।

goat dhading 5

प्राविधिक गाँउमा छैनन् । हामीले बोलाउदा पनि पैसा माग्छन्, हाम्रो धादिङबेसीसम्म पहुँच पनि छैन भल्टारका किसान अर्चना गुरुङले दुखेको पोखिन् । गाँउमा अहिले २ सय भन्दा बढी बाख्रा मरिसकेका छन् भने अन्य बिरामी छन् । गाँउमा हेफर इन्टरनेशनल, शान्ति नेपाल, प्रयास नेपाल लगायतका विभिन्न संघसंस्था मार्फत पशु जेटिए तथा प्राविधिकहरु छन् तर औषधी छैन । ‘गाँउमा संस्थाको प्राविधिक छ भन्छन् तर चाहिएको बेला आएर पशुपन्छिको उपचार गरेको थाहा छैन’ सुन्तली तामाङले बताइन् । नाफा भन्दा घाटा भयो ऋण कसरी तिर्ने उनी भन्छिन् ।

महादेवस्थान ४ मा रहेको बागेश्वरी महिला समूहलाई हेफर इन्टरनेशनलले बाख्रा पाल्नका लागि सहयोग गरेको थियो । तर बाख्रा एकाएक मरेपछि सबै चिन्तामा रहेका छन् । समूहको अध्यक्ष भगवती मगरको पाठापाठी सहित अन्य बाख्रा मरेका छन् । दुइ जनाले सामुहिक रुपमा पालेको ४५ वटा बाख्रा मध्ये ९ वटा मरिसक्यो, अन्य बिरामी छन् । बचाउन सकिएन । उनीहरु भन्छन् । समूहमा रहेका प्राय सबैको ९/१० वटा बाख्रा मरेको छ ।

About The Author

अन्य समाचारहरु: