७ चैत, धादिङ – विश्वकप क्रिकेट लिग अन्तर्गत नेपाल र नामिबियाको खेल अन्तत नेपालले कीर्तिपुरस्थित घरेलु मैदानमै हुने भएको छ । केहि दिन अघि आइसीसीले एसिया डेभलेपमेन्ट म्यानेजर बन्दुलालाई किर्तिपुरको भौतिक पूर्वाधारबारे अवलोकन गर्न नेपाल पठाएको थियो ।
त्यस्तै खेल आयोजना गर्नको लागि पनि दुई सर्त राखेको थियो । दुई सर्तमा एकमा रहेको थियो खेल मैदानको भौतिक संरचना र दुईमा थियो सुरक्षा स्थिति । एसिया डेभलेपमेन्ट म्यानेजर बन्दुलाले आज (आइतबार)खेल मैदान हेर्दै मैदान उपयुक्त भन्दै प्रतिक्रिया दिएका थिए । नेपालका अन्तरिम प्रशिक्षक जगत टमाट़ाले नेपाल र नामिबियाको खेल नेपालमा हुने लगभग ९५ ५ रहेको जानकारी दिए । नेपाल जापान डट कम संग कुराकानी गर्दै टमाटाले बन्दुलाले आज खेल मैदान हेरेको र नेपालमै खेल हुने लगभग पक्का भएको जानकारी दिएको बताए ।
केहि समय अघि आइसीसीले क्यान भित्रको आपसी खिचातानी र विवादमा कारण खेल दिल्लीको ग्रेटर नोयडामा गर्ने जनाएको थियो । नेपालले पहिलो र दोस्रो खेल हारिसकेकोले अघिल्लो चरण प्रवेश गर्न यो खेल जित्नु पर्नेछ । पहिलो चरणको खेलमा नेपाल स्कटल्याण्ड र दोस्रो चरणको खेलमा नेपाल पपुवा न्यूगिनीसंग पराजित भएको थियो । अहिले नामिबिया संगको खेलको तयारी स्वरूप नेपालले गत आइतबारदेखि सुरु भएको हो ।
छनोट गरिएका ३९ खेलाडीलाई ३ टिम बनाएर विभाजन गरिएको छ । पारस खड्का, ज्ञानेन्द्र मल्ल र शरद भेषावकरको कप्तानीमा ३ टिमले एकापसमा खेल्नेछन् । त्यही खेलमा देखाएको प्रदर्शनका आधारमा नामिबियासँग खेल्ने १४ नेपाली खेलाडीको छनोट गरिनेछ । सन् २०१९ को विश्वकप छनोटको लागि लक्षित गरिएको खेल सन् २०१५ देखि सुरु भएर २०१७ सम्म चल्नेछ । विश्व क्रिकेट लिग च्याम्पियनसीपमा ८ एशोसियट मुलुकका टोलीहरुले होम एण्ड अवेको अवधारणामा १४ खेल खेल्नेछन् । शिर्ष छ टिमले सन् २०१९ को विश्वकपको लागि छनोट खेल खेल्न पाउनेछन् ।