Mon. Mar 17th, 2025

धादिङमा १४ दिनमा १४ सय चर्पी निर्माण

toilet 2

७ चैत, धादिङ – चौध दिनमा चौध सय चर्पी निर्माण गरिए भन्दा कमैले पत्याउलान्, तर आँट गरे जस्तोसुकै कठिन कार्य पनि सहज ढंगले पुरा गर्न सकिन्छ भन्ने उदाहरण धादिङको भूकम्पपीडित वस्तीले प्रमाणित गरेको छ ।

गत वैशाख १२ को महाविनाशकारी भूकम्पबाट धादिङका नलाङ, सलाङ र खरी गाविसमा एक हजार चार सय २२ चर्पी भत्केका थिए । चर्पी वनाउन प्रति परिवारलाई नौ देखि १० हजार रुपैया बराबरको निर्माण सामग्री उपलव्ध गराइएपछि एक हजार तीन सय ८० भुकम्प पीडित परिवारले १४ दिनमा आफ्ना चर्पी मर्मत गरेका छन ।

चर्पी भएका तर भुकम्पले भत्काएकाहरूको मात्र चर्पी वनाउने नीति अनुसार एक हजार तीन सय ८० चर्पी मर्मतका लागि एक करोड ९५ लाख ९३ हजार रुपैया खर्च भएको जनाइएको छ । ४२ परिवारले घरसंगै चर्पी वनाउने भनेपछि ती परिवारले चर्पी मर्मत सहयोग पाएनन । मर्मत गरिएका चर्पी निलो रंङ लगाएर टलक्क टल्किने वनाइएको छ ।

Toilet

‘हामीले पहिलो चरणमा तत्कालको छाक टार्न चार हजार चार सय ८० परिवारलाई २५ किलोग्राम चामल, चार किलो दाल, एक केजी नुन, एक लिटर तेल, एक किलो चिनी वितरण ग¥यौं’गैरसकारी संस्था फाया नेपालको मानवीय राहत सहायता कार्यक्रमका टीम लिडर सच्चितानन्द जोशीले भने– चर्पी नहु“दा भूकम्प पीडितलाई निकै समस्या थियो, कुनै पनि वेला महामारी फैलिने सम्भावना रहेकोले चाडो चर्पी निर्माण गर्ने निर्णय ग¥यौ ।

धादिङ जिल्ला दैविक प्रकोप उद्धार समितिको निर्णय अनुसार भूकम्प पीडित गाउलेसंग सल्लाह गरेर चर्पी निर्माण कार्य अघि बढेको थियो । चर्पी निर्माणका लागि सिमेन्ट, बालुवा, प्यान, जस्तापाता उपलब्ध गराउने भएपछि गाउलेले १० दिनभित्रै चर्पी निर्माण गर्ने प्रतिवद्धता जनाएका थिए ।

‘हामीले १४ दिनभित्र काम सम्पन्न भएको रिपोर्ट गर्नुपर्ने बाध्यता थियो’ जोशीले भने– १४ दिनमा चौध सय चर्पी बनाउने भन्दा धेरैले पत्याएनन्, तर भूकम्प पीडितको साथ पाउदा हामीले सफलता प्राप्त ग¥यौ । पीडितले १० दिनमा चर्पी वनाए हामीले १४ दिन भित्रै दातालाई काम सकिएको प्रतिवेदन पठायौ जोशीले जानकारी दिए ।

भूकम्प पीडितले भारतको चर्को नाकावन्दी भएको वेला गएको दशैअघि चर्पी वनाएका थिए । ‘भोकै बस्न सकिन्छ, तर चर्पी नहु“दा निकै सास्ती भोग्नु पर्ने रहेछ’ नलाङ–१ पातले गाउकी ८२ वर्षिया लीलाकुमारी श्रेष्ठले भनिन– यो उमेरमा टाढा गएर दिसापिसाव गर्न पनि सकिदैन । दशैअघि चर्पी वनेपछि सजिलो भएको छ उनले खुसी हुँदै भने ।

नलाङ, सलाङ र खरीमा पा“च हजार घरधुरीलाई साबुन, ब्रुस, दन्तमञ्जन, बाल्टी, टर्च, महिनावारी प्याड लगायत सामग्री दुई पटक दिइएको छ । ती गाविका १६ वटा विद्यालयमा पनि ६८ यूनिट चर्पी निर्माण भएका छन् । ६८ मध्ये तीन वटा अपाङमैत्री चर्पी छन् । ती चर्पी वनाउन ७५ लाख रुपैया खर्च भएको जनाइएको छ ।

‘शुरुमा अस्थायी चर्पी दिंदा ठूलो राहत भयो, त्यसले महामारी फैलिनबाट जोगायो’ अन्नपूर्ण मावि खरी–७ घलेगाउका प्रधानाध्यापक देवेन्द्र अधिकारीले भने– अहिले अपाङमैत्री सहितका चर्पी बन्दा झन् सहज भएको छ । भूकम्प गएको केही सातापछि फायाले विभिन्न स्कुलमा १७ स्कुलमा ४८ वटा अस्थायी चर्पी वितरण गरेको पनि जनाएको छ ।
दैनिक नेपाल अनलाइनबाट

About The Author

अन्य समाचारहरु: