Tue. Apr 22nd, 2025

गिरिजाप्रसाद कोइरालाको छैठौं स्मृति दिवसमा धादिङबेसी बजारमा सरसफाई

dhadingbensi-sarsafai 1
७ चैत  धादिङ – नेपाली काँग्रेस धादिङले आइतबार धादिङबेसी बजार क्षेत्रमा सरसफाइ कार्यक्रम गरेको छ ।

पूर्व प्रधानमन्त्री एवम् नेपाली कांग्रेसका पूर्व सभापति  स्व गिरिजाप्रसाद कोइराला को छैठौं स्मृति दिवसको अवसर पारेर सरसफाई कार्यक्रम गरिएको हो ।

dhadingbensi-sarsafai 2

चोकचोकमा थुपारिएको फोहोर तथा घर अगाडि रहेको नालीका फोहोर टिपेर सरसफाई गरिएको हो । नेपाली काँग्रेस धादिङका सभापति रमेश धमलाको नेतृत्वमा गरिएको कार्यक्रममा नेपाली काँग्रेस धादिङका पूर्व सभापति रामनाथ अधिकारी, पार्टीका कार्यकर्ताहरु, प्रहरी तथा बजारबासीहरुको सहभागीता रहेको थियो ।

About The Author

अन्य समाचारहरु: