Thu. Feb 27th, 2025

गुणस्तर सुधार गर्न धादिङबेसीका मासु पसल अनुगमन

masu anugaman

६ चैत धादिङ – सदरमुकाम धादिङबेसीमा सञ्चालित मासु पसलहरुको शनिबार अनुगमन गरिएको छ । भुकम्प पछि अधिकांश मासु पसलहरु अव्यवस्थित बनेकोले सुधार गराउनका लागि भन्दै जिल्ला पशु सेवा कार्यालय धादिङको अनुमगन टोलीले पसलहरुको अनुगमन गरिएको हो ।

मासु पसलमा सुधार ल्याउन  र गुणस्तरीय मासु विक्रि गराउने  उद्देश्यले धादिङबेसीमा बजारमा रहेका मासु पसलहरुको अभियानकै रुपमा अनुगमन गरिएको जिल्ला पशु सेवा कार्यालय धादिङका प्रमुख देवेन्द्र भगवतले बताए ।

धादिङबेसीमा सञ्चालनमा रहेको मासु पसलेले न्युनतम मापदण्ड समेत पुरा नगरी व्यवसाय सञ्चालन गरिरहेको पाइएको छ ।

अनुगमनले दर्ता विना नै साना साना मासु पसलहरु संचालनमा रहेको, मापदण्ड विपरित खुल्ला स्थानबाट मासु विक्री गर्ने गरेको र मासु पसलसंगै अन्य पसल पनि सञ्चालनमा रहेको फेला पारेको छ ।

अनुगमनमा जिल्ला पशुसेवा कार्यलयका पशु चिकित्सक डा. शिखा तिवारी, जिल्ला प्रशासन कार्यालयका प्रतिनिधिहरु सहभागी थिए । अनुगमनको क्रममा टोलीले दर्ता नभएका पसलहरुलाई मापदण्ड पुरा गरेर तत्काल दर्ता गर्न र गुणस्तर सुधार गर्न चेतावनी दिएका छन् ।  बैशाख १२ गतेको भुकम्पपछि मासु पसलहरुको अनुगमन गरिएको यो पहिलो पटक हो ।

About The Author

अन्य समाचारहरु: