Fri. Mar 14th, 2025

पेरिस आक्रमणका मुख्य आक्रमणकारी पक्राउ

peris

६ चैत धादिङ – गएको नोभेम्बरमा फ्रान्सको राजधानी पेरिसमा भएको आतंककारी आक्रमणमा संलग्न मुख्य आक्रमणकारी पक्राउ परेका छन् ।

पेरिस आक्रमणको चार महिनापछि आक्रमणकारी सालह अब्देस्लामलाई बेल्जियमको राजधानी ब्रसेल्सबाट प्रहरीले पक्राउ गरेको हो । पेरिस आक्रमणमा संलगन विरुद्ध चलाइएको अभियानको क्रममा अब्देस्लाम प्रहरीको कारवाहीमा परि घाइते भएको अवस्थापमा पक्राउ परेको बेल्जियमका सरकारी अधिकारीले बताएका छन् । ब्रसेल्सको मोलेन्बिक क्षेत्रमा प्रहरीले गरेको छापामारीको क्रममा अब्देस्लाम घाइते भएका थिए ।

प्रहरीले गएको नोभेम्बरमा एक सय ३० जनाको ज्यान जानेगरी भएको पेरिस आक्रमणका मुख्य आरोपी अब्देस्लामको खोजी गरिरहेको थियो । ब्रसेल्समा जन्मिएका फ्रान्सेली नागरिक अब्देस्लामको आक्रमण लगतैदेखि खोजी तीब्र पारिएको थियो । अहिले पक्राउ परेका व्यक्ति अब्देस्लाम नै भएको तर त्यसको परीक्षणबाट पुष्टी गर्न भने बाँकी रहेको फ्रान्सेली अधिकारीले बताएका छन् ।

ब्रसेल्समा अब्देस्लामको फ्ल्याटबाट उनको फिङगर प्रिन्ट तथा डिएनए पनि भेटिएकाले पक्राउ गरेका व्यक्ति अब्देस्लामनै भएको उनीहरुको दाबी छ । अब्देस्लाम पेरिस आक्रमणपछि भएको गोली प्रहारको क्रममा भागेका थिए । प्रहरीले अब्देस्लामसँगै अर्का एक व्यक्तिलाई पनि पक्राउ गरेको छ । ती व्यक्ति पनि प्रहरीको खोजी सूचीमा थिए ।
– एजेन्सीको सहयोगमा

About The Author

अन्य समाचारहरु: