६ चैत, धादिङ – भारतमा चलिरहेको आइसिसी ट्वेन्टी–ट्वेन्टी विश्वकप क्रिकेट अन्तर्गतको खेलमा इंग्ल्याण्ड विजयी भएको छ ।
शुक्रबार राति मुम्बइको वानखडे रंगशालमा भएको खेलमा इंग्ल्याण्डले दक्षिण अफ्रिकालाई दुई विकेटले हरायो । सुपर टेनको समूह ‘एक’ अन्तर्गतको खेलमा दक्षिण अफ्रिकाले प्रस्तुत गरेको दुई ३० रनको लक्ष्य इंग्ल्याण्डले दुई बल बाँकी हुँदा ८ किवेट गुमाएर भेट्टायो । इंग्ल्याण्डका जोए रुटले ४४ बलमा ८३ तथा ज्यासन रोयले १६ बलमा ४३ रन बनाए ।
दक्षिण अफ्रिकाका कायल एबोटले तीन तथा कागिसो राबाडाले दुई विकेट लिए । यसअघि पहिले ब्याटिङ गरेको दक्षिण अफ्रिकाले पूरै २० ओभरमा चार विकेट गुमाएर दुई सय २९ रन बनाएको थियो । उसका लागि हाशिम अमलाले ३१ बलमा ५८, जेपी डुमिनिले २८ बलमा नटआउट ५४ तथा क्विन्टन डी ककले २४ बलमा ५२ रन बनाए । इंग्ल्याण्डका मोइन अलीले दुई विकेट लिए । इंग्ल्याण्ड विश्वकपको पहिलो खेलमा वेष्ट इन्डिजसँग पराजित भएको थियो । अब अफगानिस्तानसँग दिल्लीमा आउँदो बिहीबार खेल्नेछ ।