५ चैत, धादिङ – धादिङका विभिन्न ठाँउहरुमा मोबाइल टावर निर्माण गर्न युवा संघले माग गरेको छ ।
राजधानी काठमाडौँसँगै जोडिएको जिल्ला भएर पनि सुचना तथा प्रविधिको क्षेत्रमा पछि परेको कुरालाई मध्यनजर गर्दै महादेवस्थानको ताल्ती सहितत १५ गाँउमा मोबाइल टाबर राख्न माग गरेका हुन् ।
शुक्रबार अन्तर जिल्ला युवासंघ धादिङले माननीय सुचना तथा सञ्चार मन्त्री शेरधन राईलाई ज्ञापन पत्र बुझाउदै आफ्ना मागलाई सुनिश्चित गराउन समेत आग्रह गरेका छन् ।
धादिङको विभिन्न ठाँउमा मोबाइलका टाबरहरु राखिएतापनि नेटवर्कले काम नगर्ने, कुरा गर्दागर्दै फोन काटिने, टाबरमा दुई, तीन दिनसम्म समस्या हुँदा पनि बनाउन कुनै चासो नदेखाउने लगायतका समस्याहरु धादिङबासीहरुले झेल्नु परेको छ ।
धादिङको तिप्लिङ, लापा, गुम्दी, जोगीमारा, गजुरी, कटुञ्जे, गोगनपानी, महादेवस्थानको ताल्ती, वैरेनी कार्कीगाँउ, थाक्र्रे, धुषा, किराञ्चोक, गोगनपानी, छत्रेदेउराली, बुढाथुम, आगिञ्चोक, डाँडाखर्क लगायतका ठाँउमा टाबर राख्न माग गरेका हुन् । सडक संजालबाट टाढा रहेको उत्तरी धादिङका स्थानीयहरु मोबाइलका टाबर नटिपेका कारण सुचना पाउन समेत पछि परेका छन् ।
ज्ञापन पत्र बुझाउने कार्यक्रममा युवा संघ नेपालका सचिबालय सदस्य रमेश आचार्य, अन्तर जिल्ला धादिङको अध्यक्ष स्बतन्त्र पण्डित, युबा संघ नेपालको केन्दिय सदस्य बिष्णु हरि त्रिपाठी लगायत धादिङ जिल्लाको नेता तथा कार्यकार्ता सहभागी थिए ।