Mon. Mar 17th, 2025

नारायणीमा हाम फालेर महिला बेपत्ता

narayani river
५ चैत  चितवन – चितवनको नारायणगढ र नवलपरासीको गैँडाकोट जोड्ने नारायणीको पुलबाट नदीमा हाम फालेर शुक्रबार बिहान एक महिला बेपत्ता भएकी छन् ।

जिल्ला प्रहरी कार्यालय चितवनले दिएको जानकारीअनुसार बेपत्ता हुनेमा कास्कीको दाङ्सिङ गाविस वडा नं ९ बस्ने ४८ वर्षीया देशकुमारी शेर्पा रहेकी छन् ।

उनी हाम फालेको स्थानमा भेटिएको झोलाका आधारमा उनको परिचय खुलेको हो । बिहान ८ बजेर १५ मिनेट जाँदा उनी नदीमा हाम फालेको प्रहरीले जनाएको छ । उनको सोही समयबाट वडा प्रहरी कार्यालय नारायणगढ र इलाका प्रहरी कार्यालय गैँडाकोटले खोजीकार्य जारी राखेको जनाएको छ । हाम फाल्नुको कारण नखुलेको प्रहरीले जनाएको छ । रासस

About The Author

अन्य समाचारहरु: