Sat. Dec 21st, 2024

चितवनको जलाशय र नदीमा गोही गणना

American Alligator Alligator mississippiensis Everglades National Park USA

५ चैत, चितवन – चितवनस्थित जलाशय र नदीमा शुक्रबाबाट गोहि गणना थालिएको छ । ३ वर्षपछि शुक्रबार घडियाल र मगर गोहीको गणना गर्न लागिएको हो ।

नारायणी राप्ती र चितवन निकुन्ज भित्रका तालतलैयामा गोहिको गणना गरिने छ । “पहिले भन्दा अहिले गोहीको सङख्या वढेको छ”, निकुन्जको घडियाल संरक्षण केन्द्र प्रमुख बेदवहादुर खड्काले बताए, “गणना गर्ने समय भने उपयुक्त भएन ।”

उनले गणना गर्ने समय ढिला भएको बताए । उनले विहानको समयमा मात्र गणना गरिने जानकारी दिए। विहानी पख गोही नदी र तालको किनारमा देखिने छन् । टोलीसँग गणना गर्ने प्रविधि छैन् । गोही नदी वाहिर निस्कने समय मिलाएर गणना गर्नुको विकल्प छैन् । खड्काका अनुसार गणनामा निकुन्जका कर्मचारी, प्राविधिक लगाएतको टोली खटिनेछ ।

अहिलेसम्म मगर गोहीको सङख्या २ सय ४५ अनुमान गरिएको छ । त्यस्तै घडियालको सङख्या सन् २०१५ सम्म १ हजार ५६ अनुमान गरिएपनि २०१६ मा थप ५५ वटा गोही नदिमा छाडिएको छ ।यो नदिमा छाडिएको सङख्या अनुसारको तथ्यांक हो ।२०१३ मा वर्दिया निकुन्जको कर्णाली, चितवन र कोसीटप्पुमा १ सय २४ गोहि गणना गरिएको थियो । जस अनुसार चितवन निकुन्जमा १ सय ८, वर्दियामा १६ फेला परेका थिए ।

About The Author

अन्य समाचारहरु: