४ चैत, धादिङ – विश्व पानी दिवसका अवसरमा आजदेखि सप्ताहव्यापी कार्यक्रम सुरु गरिएको छ ।
प्रत्येक वर्षको मार्च २२ मा विश्वभर पानी दिवस मनाइन्छ । यसै सन्दर्भ पारेर नेपालमा पनि आजैदेखि साप्ताहिक रुपमा यो दिवस मनाइएको हो।
कार्यक्रमअन्तर्गत बिहान जावलाखेलबाट भृकुटीमण्डपसम्म प्रभातफेरि भएको छ भने दिउँसो पर्यटन बोर्डमा कार्यक्रम पनि हुने भएको छ । सन् १९९३ मा संयुक्त राष्ट्रसंघले मार्च २२ लाई विश्व पानी दिवस मनाउने घोषणा गरेपछि सदस्य राष्ट्रहरुमा यो दिवसमा मनाउने गरिएको छ ।