Tue. Apr 22nd, 2025

स्थानिय नेतालाई विपद् जोखिम न्युनिकरण सम्बन्धी तालिम

training dhaidng

३ चैत, धादिङ – धादिङ क्षेत्र नं १ का स्थानिय नेताहरुलाई विपद् जोखिम न्युनिकरण सम्बन्धी दुई दिने तालिम दिइएको छ ।

निर्वाचन क्षेत्र विकास कार्यक्रमको आयोजना तथा एहिमे विश्व विद्यालय मात्सुययामा जापानको सहआयोजनामा संचालित तालिममा धादिङ क्षेत्र नं १ का २० गाविसका सबै राजनैतिक दलका अगुवा नेताहरुको सहभागीता रहेको थियो ।

दुई दिनसम्म संचालन भएको तालिममा पूर्व शिक्षा मन्त्री गंगालाल तुलाधर, एहिमे विश्व विद्यालय प्रशिक्षक डा. मिन बहादुर पौडेल क्षेत्री र डा नेत्र प्रकाश भण्डारी, क्षेत्र नं १ का सभासद् धनबहादुर घलेले प्रशिक्षण दिएका थिए । तालिम विपत्तको पूर्व तयारीका लागि के गर्ने, कस्ता कस्ता तरिकाहरु अपनाउने भन्ने विषयमा छलफल गरिएको छ ।

बैशाख १२ गते गएको विनाशकारी भूकम्पले धादिङमा पु¥याएको क्षतिका विषयमा पनि छलफल गरिएको थियो । बाढी, पहिरो, भूकम्प लगायतका विपद् पर्दा कसरी सावधानी अपनाउन सकिन्छ भन्ने विषयमा पनि छलफल गरिएको थियो ।

About The Author

अन्य समाचारहरु: