२ चैत, धादिङ – ५९ औँ राष्ट्रिय सहकारी दिवसको अवसरमा श्रोत परिचालन बचत तथा ऋण सहकारी संस्था लि. धादिङले मंगलबार रक्तदान कार्यक्रम सम्पन्न गरेको छ ।
कार्यक्रममा ७० जना महिला र ९५ जना पुरुषहरु गरि १ सय ६५ जनाले रगत दान गरेका छन् । कार्यक्रममा एक जना विदेशी ह्यारी लिन्जले पनि रगत दान गरेका थिए । कार्यक्रमको सहकारीका सह–सचिव शिवहरि अधिकारीले रक्तदान गरी उद्धघाटन गरेका थिए ।
नेपाल गुणस्तर चिन्न प्राप्त प्रोबेशन बाण्ड प्राप्त धादिङको एक मात्र उत्कृष्ट सहकारी रुपमा परिचित श्रोत परिचालन बचत तथा ऋण सहकारी संस्था लि.ले मानवीय तथा सामाजिक कार्यहरुलाई पनि आफ्नो नियमित कार्यक्रममा समावेश गर्दै आएको छ ।
निस्वार्थ भावनाले मानवीय सेवाको लागि रक्तदान कार्यक्रमको आयोजना गरिएको सहकारीका व्यवस्थापक गोपी प्रसाद रिजालले जानकारी दिए ।