२ चैत, धादिङ – धादिङको महादेवस्थान गाविसमा स्थानीयले पालेको बाख्रामा अज्ञात रोग देखिएको छ ।
महादेवस्थान गाँउ विकास समितिको वडा नं १ को कलङगा, वडा नं २ को तीनथली, वडा नं ३ को पारलाक र वडा नं ४ को काफलटार गाँउमा अज्ञात रोगका कारण अहिलेसम्म ४० वटा बाख्रा मरिसकेका छन् । भने अधिकांश बाख्राहरु बिरामी परेका छन् ।
मरेको बाख्रालाई काटेर हेर्दा खुट्टामा सानो सानो फोका देखिएको स्थानीयको भनाई छ । एक सातादेखि बाख्रा कराउने, डराउने, काम्ने लक्षण देख्न थालेपछि स्थानीयहरु चिन्तित बनेका छन् । सोमबार र मंगलबार मात्र २२ वटा बाख्रा मरेका छन् ।
बाख्रा बिरामी पर्न थालेपछि स्थानीयले पशु सेवा केन्द्र गजुरीलाई खबर गरेका थिए । तर केन्द्रले कुनै वास्ता नगरेको स्थानीयको भनाई छ । केहिले मलेखु, धादिङबेसी आएर औषधी लगेर उपचार गराएका छन् । के कारणले बाख्रा म¥यो भन्ने कुनै कुरा थाहा नभएको र गाँउमा उपचारका लागि कुनै पनि स्वास्थ्यकर्मी नआएको महादेवस्थानबाट तुलसीजन थापाले जानकारी दिए ।