२ चैत, धादिङ – हिमालय हेल्थ केयर नेपाल र विश्व खाद्य कार्यक्रमको साझेदारीमा संचालित कामका लागि खाद्यन्न कार्यक्रमको बारेमा जानकारी गराइएको छ ।
मंगलबार धादिङबेसीमा एक कार्यक्रमको आयोजना गरि उत्तरी धादिङको तिप्लङ, सेर्तुङ, लापा, रि र झार्लाङ गाँउ विकास समितिहरुमा सञ्चालन गरिएको कार्यक्रमको बारेमा जानकारी गराइएको हो ।
संस्थाले तिप्लिङ गाविसमा रहेको ६ सय २५ घरधुरी, रि गाविसका १ हजार ४ सय ८२ घरधुरी, सेतुङ गाविसको ६ सय ९१ घरधुरी, झार्लाङमा रहेको ८ सय ९९ घरधुरी र लापा गाविसको ९ सय ९८ घरधुरी गरि जम्मा ४ हजार ६ सय ९५ घरधुरीलाई चामल तथा दाल वितरण गरेको थियो । त्यस्तै ८३.३८ किलोमिटर गोरेटो बाटो र १०.९०९ किलोमिटर सडक बाटो निर्माण गरेका थिए ।
बैशख १२ गते गएको विनाशकारी भूकम्प पश्चात जिल्ला दैविक प्रकोप उद्धार समिति धादिङ मार्फत ३६ टन खाद्यन्न, ३६ वटा टेन्ट, प्रहरी चौकीलाई संचार सेवा सुचारु गर्न १० वटा सोलार सेट वितरण गरेको थियो ।
त्यस्तै जिल्ला अस्पताललाई १० लाख बराबरको औषधि, १ वटा जेनेरेटर, ५० लाख बराबरको मेडिकल इकुमेन्ट प्रदान, टेलिफोन सेवालाई संचालन गर्न ४ वटा जेनेरेटर प्रदान गरेको थियो ।
त्यस्तै लापा र रि गाविस जाने आखुँ खोलामा २ वटा झोलुङगे पुल मर्मत गरेको छ । दशै अगाडि लपाङदेखि दार्खाको घयाङस्याङसम्म सडक मर्मत समेत गरेको संस्थाले जानकारी दिएको छ ।
संस्थाले २५ वर्षदेखि उत्तरी धादिङका विभिन्न गाविसहरुमा स्वास्थ्य तथा शिक्षा क्षेत्रमा सेवा पु¥याउदै आइरहेको छ । भूकम्पपछि रि र झार्लाङमा निशुल्क स्वास्थ्य सेवा र विश्व खाद्य कार्यक्रमसँगको साझेदारीमा कामको लागि खाद्यन्न कार्यक्रम संचालन गरेको हो ।