१ चैत, धादिङ – गर्भवती भएका महिलाहरुलाई धादिङमा निशुल्क सेन्टर होमको व्यवस्था गरिएको छ ।
बैशाख १२ र २९ गते गएको विनाशकारी भूकम्पपछि धेरै महिलाहरुले अस्थायी टहरामा नै बच्चा जन्माएका छन् तर टहरामा सुरक्षित र स्वास्थ्यमा ध्यान नपुग्ने भएकाले रोगको सिकार बन्न पुगेका छन् । यिनै कुरालाई मध्यनजर गर्दै सेन्टर होम सञ्चालनमा ल्याएको सेन्टर होमका इन्चार्ज लक्ष्मी पाठकले बताइन् । सेन्टर होममा आमा र बच्चाको स्वास्थ्यका लागि राम्रो हुने पनि उनको भनाई छ ।
सेन्टर होममा दैनिक रुपमा गर्भवती महिलाहरुको हेरचाह्र गर्ने, सफासुग्गर बनाइदिने लगायतका कार्य गरिदै आइरहेको छ । नेपाल पब्लिक एशोसियसन नेपाल र युनिसेफ धादिङले संयुक्त रुपमा सेन्टर होमको व्यवस्था गरेको हो ।
के के सुविधा पाउँछ ?
– गर्भवती भएको ८ महिनासम्मका सुत्केरी महिलाहरु निशुल्क रुपमा बस्न पाउने
– बिरामी कुरुवालाई खाना खाने व्यवस्था
– बिरामीको नियमित हेरचाह्र
– नियमित पौष्टिक आहाराको व्यवस्था
– एम्बुलेन्सको व्यवस्था गरिने