१ चैत, धादिङ – धादिङको पिडा गाँउ विकास समितिको वडा नं २ घाटबेसीमा आईतबार सार्वजनिक सुनुवाई कार्यक्रम सम्पन्न भएको छ ।
कार्यक्रमा विकास निमार्ण, खानेपानी, सरकारी कार्यलयको काम लगायतको विषयमा छलफल गरिएको थियो । मु्ख्य रुपमा समस्याका रुपमा देखिएको पानीको समस्या, आवास निर्माणका बारेमा स्थानीयले कार्यक्रम मार्फत सम्बन्धीत निकायलाई जानकारी गराएका थिए । कार्यक्रममा जिल्ला विकास समिति धादिङ र विषयगत कार्यलयहरुबाट प्रद्यान गरिने सेवाहरुको बारेमा पनि जानकारी गराइएको थियो ।
सार्वजनिक सुनुवाई कार्यक्रम सहयात्री समाज नेपाल नेपाल धादिङको प्राविधिक सहयोग, नेपाल पत्रकार महासंघ जिल्ला शाखा धादिङको समन्वयमा जिल्ला विकास समिति धादिङले आयोजना गरेको हो ।
स्थानिय विकास अधिकारी भगवान अर्यालको अध्यक्षतामा भएको कार्यक्रममा नेकपा एमाले, जिल्ला अध्यक्ष भूमि त्रिपाठी, एमाओवादी जिल्ला सचिवालय सदस्य धु्रव सुबेदी लगायत राजनैतिक दलका प्रतिनिधि, संघसंस्थाका प्रतिनिधि तथा स्थानीयहरुको सहभागीता रहेको थियो ।