Sat. Mar 15th, 2025

भारतको जोगबनीबाट ७ नेपाली महिलाको उद्धार

indian-flag-300x225
१ चैत, विराटनगर – मोरङ प्रहरीले सात जना नेपाली महिलालाई जोगबनी रेलवे स्टेसनबाट उद्धार गरेको छ ।

प्रहरी निरीक्षक पौडेलका अनुसार भारतको नयाँदिल्ली हुँदै खाडीमुलुक लैजान लागिएका सात जना महिलालाई उद्धार गरिएको हो ।

चितवन, संखुवासभा, उदयपुर र सुनसरी घर भएका महिलाको उद्धार गरिएको हो । दिल्लीको बाटो हुँदै खाडीमुलुकतर्फ महिलालाई लगिँदै गरेको विशेष सूचनाका आधारमा पुगेको प्रहरी टोलीले रेल चढ्न लाग्दा गएराति १२ बजे उद्धार गरेर ल्याएको हो ।

उद्धार गरिएका महिला २१ देखि ३७ वर्ष उमेर समूहका रहेका छन् । रासस

About The Author

अन्य समाचारहरु: