३० फागुन धादिङ – त्रिशुली नदिमा पौडी खेल्ने क्रममा डुबेर एक जनाको मृत्यु भएको छ ।
धादिङको बेनिघाट गाँउ विकास समितिको वडा नं ८ स्थित त्रिशुली नदिमा पौडी खेल्ने क्रममा डुबेर आइतबार दिँउसो एक जनाको मृत्यु भएको हो । मृत्यु हुनेमा कास्की जिल्लाको लेखनाथ नगरपालिका १३ बस्ने ३१ वर्षीय कुमार गुरुङ रहेका छन् ।
पोखराबाट काठमाडौँ जाने क्रममा बीच बाटोमा नै गाडी रोकि गुरुङ सहितको ९/ १० जनाको समूह त्रिशुली नदिमा पौडी खेल्न गएका थिए । पौडी खेल्दै गर्दा उनको मृत्यु भएको हो ।