Mon. Mar 17th, 2025

आर्यनको कला यात्रा

aryan

अस्मिता खतिवडा / ३० फागुन, धादिङ – कला र संस्कृति नेपाल र नेपालीको विशिष्ठ पहिचान हो । तर यो क्षेत्रलाई राज्यले कहिल्यै पनि आफ्नो मूल एजेण्डामा राखेको पाईदैन ।

राज्यको प्राथमिकतामा अत्यन्तै कम महत्व पाएको यो क्षेत्र राज्यको असहयोगको बाबजुद पनि जुन रुपमा आफूलाई स्थापित गराएर अघि बढ्न सफल भएको छ । यसमा निजी क्षेत्रको योगदान अविस्मरणीय छ । विभिन्न संघ संस्था तथा कल्चरल एकेडेमीहरुको निजी प्रयासमा कला र संस्कृतिको संरक्षण, संर्वधन र विकासमा आज देशमा थुप्रै कामहरु भएका छन् ।

धेरै संख्यामा कला तथा संस्कृतिकर्मीहरुको उदय भएको छ । यसै क्रममा एक जना कलाकर्मी श्री दिक्षित कुमार ढकाल (आर्यन दिक्षित) लाई हामी प्रतिनिधि पात्रको रुपमा लिन सक्छौं ।

दिक्षितकुमार ढकाल (आर्यन दिक्षित) बि.सं. २०५३ साल देखि मूल रुपमा लोक तथा बिभिन्न जातजातीको सांस्कृतिक धरोहरको रुपमा रहेको सांस्कृतिक तथा परम्परागत नृत्यसंग सम्बन्धित एक कुशल नृत्य कलाकार एवं नृत्य निर्देशक हुन । रंगमञ्चबाट आफ्नो कला प्रस्फुटन गरी करिब दुई दशकको अवधिमा कथानक चलचित्र सम्मको कलायात्रा तय गरिसकेका दिक्षित संग अन्य थुप्रै अनुभव पनि रहेका छन् ।

थुप्रै नृत्य प्रतियोगिताहरुमा निर्णायकको हैसियतमा समेत काम गरिसकेका दिक्षितले नेपाल टेलिभिजनका बिभिन्न लाईभ कार्यक्रमहरुमा कोरियोग्राफी, कथानक चलचित्रहरुमा नृत्य निर्देशक स्व. बसन्तजंग रायमाझीज्यूको सहायक, स्वंय् आफैंले पनि कथानक चलचित्रको नृत्य निर्देशन लगायत ब्यक्तिगत प्रयास लोपोन्मुख सांस्कृतिक एवं परम्परागत गीतहरुको संकलन र संरक्षण गर्ने कामहरु गरिसकेका छन् ।

सांस्कृतिक संस्थान (राष्ट्रिय नाचघर) बाट समेत नृत्य तथा अभिनयको प्रशिक्षण प्राप्त गरेका उनले  करिव २० वटा विद्यालयहरुमा नृत्य प्रशिक्षकको रुपमा काम गरिसकेका छन् । हाल उनी हिमालय ईन्टरनेशनल मोडल स्कुल (हिम्स), नारायणटार, जोरपाटीमा १४ बर्षदेखि नृत्य प्रशिक्षकको रुपमा कार्यरत छन् ।

About The Author

अन्य समाचारहरु: