Thu. Mar 6th, 2025

कांग्रेस मतगणनामा जो हस्ती पछि परे

३० फागुन, काठमाडौं । नेपाली कांग्रेसको १३औं महाधिवेशनमा खुला केन्द्रीय सदस्यको मतगणनामा केही हस्तीहरु पछि परेका छन् । शनिबारसम्म गरिएको मतगणनामा २५ भित्र पर्न नसकेका हस्तीहरुको सूची लामै देखिएको  छ ।

कांग्रेसभित्रै छुट्टै गुट बनाएका गोबिन्दराज जोशी, विनयध्वज चन्द २५ मा पर्न नसक्ने सम्भावना बढ्दै गएको छ । जोशीको सम्भावना न्यून देखिए पनि चन्द २५ भित्र पर्ने सम्भावना पूरै टरेको छ । शनिबार सम्मको मतगणना अनुसार जोशी ३२ औ र चन्द ५३औं स्थानमा रहेका छन् ।

पूर्वसभामुख तारानाथ रानाभाट पनि २५ मा नपर्ने सम्भावना देखिएको छ, उनी ३५औं स्थानमा छन् । कांग्रेसका चर्चित अनुहार एवं पूर्वमन्त्री चिरन्जीवी वाग्ले, तरुण दलका अध्यक्ष एवं ललितपुरका सांसद उदयशमशेर राणा, मनमोहन भट्टराई पनि मतगणनामा पछि परेका छन् । अनलाईन खबरबाट 

About The Author

अन्य समाचारहरु: