२९ फागुन, धादिङ – परिवारको सदस्य वैदेशिक रोजगारमा जाँदा पर्ने असर कम गर्नको लागि धादिङमा मनोविमर्श सेवा संचालन गरिएको छ ।
वैदेशिक रोजगारका कारण परिवारमा पर्ने मनोसामाजिक असरका विषयमा छलफल गरी असर कम गरी उनीहरुको आत्मवल बढाउने उद्देश्यले धादिङमा कार्यक्रम सन्चालन गरिएको सामी परियोजनाका कार्यक्रम संयोजक गँगा सुवेदीले बताईन् ।
चन्द्रज्योती एकीकृत ग्रामीण विकास समाज (सिड्स) धादिङले स्विस सरकार र नेपाल सरकार श्रम तथा रोजगार मन्त्रालय बीच द्धिपक्षिय सम्झौता भई हेल्भेटास स्विस ईन्टरकोअपरेशन नेपाल सँगको साझेदारीमा सन्चालन गरीरहेको सुरक्षित आप्रवास (सामी) परियोजना अन्गरगत धादिङमा मनोपरार्श सेवा सन्चालन गरिएको हो ।
वैदेशिक रोजगारका कारण अहिले समाजमा विभिन्न असरहरु परिरहेका छ । वैदेशिक रोजगारको कारण पारिवारिक विखण्डन हुने, परिवारमा झैझगडा हुने, बालबच्चाहरुको पढाईमा असर पर्ने वा स्वयंम बालबालिकामा पनि मनोसामाजिक असर हुने, स्वास्थ्य सम्बन्धी समस्या, खेतीपाती गर्नको लागि असर पर्ने र समाजसँग एक्लिदा स्वयंम व्यक्तिको मनमा पर्ने चोट अथवा मनोसामाजिक असरहरुलाई कम गर्नको लागी समुहमा गएर वा व्यक्तिलाई नै भेटेर मनोपरामर्श सेवा सन्चालन गरीएको चन्द्रज्योती एकीकृत ग्रामिण विकास समाज सिड्का कार्यकारी निर्देशक गोकर्ण रुपोखतीले बताए ।
अहिले पहिलो कार्यक्रम अन्तगर ६ महिनाको अवधिमा वैदेशिक रोजगारमा गएका परिवारका बालबच्चा र महिलाहरुमा परामर्श सेवा सन्चालन गरिएको हो । परिवारको सदस्य वैदेशिक रोजगारमा जाँदा पर्ने विभिन्न कठिनाई तथा चिन्ताले गर्दा व्यक्तिमा भोग नलाग्ने, निन्द्रा नलाग्ने, टोलाएर बस्ने, रुनमन मात्र लाग्ने, आत्महत्याको प्रयास गर्न खोज्ने, टाउँको दुख्ने समस्याहरु हुने मनोसामाजिक कार्यकर्ता रामकुमार थापाले बताए ।
ती समस्यामाथि छलफल गरी स्वंयम व्यक्तिलाई भेटर परामर्शको सेवाबाट पनि यी समस्याहरु कम हुने अलि जटिल खालकै समस्या भए डाक्टरको परिक्षण तथा औषधी सेवनको लागि मानसिक स्वास्थ्य तथा परामर्श केन्द्र सिएमसी समेत रिफर गरिने थापाले बताए ।