२९ फागुन, धादिङ – धादिङको सदरमुकाम स्थित बसपार्क क्षेत्र भित्र शनिबार सरसफाई गरिएको छ ।
दिनुहँको प्रदुषण र फोहोरमैलाले बसपार्क कुरुप भएपछि सरसफाई गरिएको हो । यसका साथै बसपार्क क्षेत्र भित्र खानेपानी, विद्युत, सार्वजनिक शौचालय, निर्माणको लागि नीलकण्ठ नगरपालिकाको कार्यालय र अन्य सम्बन्धित निकायलाइ जानकारी गराइ सफा ,स्वच्छ, शान्त र व्यवस्थित बसपार्क बनाउनको लागि पहल कदमी गर्ने धादिङ उद्योग वाणिज्य संघले जनाएको छ ।
धादिङ उद्योग वाणिज्य संघको आयोजनामा टोल सुधार महासमिति धादिङ, यूनाईटेड मिशन टू नेपाल धादिङ क्लसटर, नेपाल रेडक्रस सोसाईटी जिल्ला शाखा धादिङ, खानेपानी मुल उपभोक्ता समिति धादिङ, सामुदायिक सेवा केन्द्र धादिङ, धादिङ यातायात व्यवसायी संघ, नेपाल पुस्तक स्टेशनरी व्यवसायी महासंघ जिल्ला शाखा धादिङ, नेपालबार एशोसियन धादिङ, जिल्ला प्रहरी कार्यलय धादिङ, शसस्त्र प्रहरी कार्यलय धादिङ, जिल्ला वन कार्यलय धादिङ, हिमालयन हेल्थ केयर नेपाल धादिङ, सुनचाँदी व्यवसायी संघ धादिङका साथै विभिन्न संघ–संस्था र स्थानिय टोलवासीहरुको सक्रियतामा सरसफाई गरिएको हो ।