२८ फागुन, धादिङ – धादिङको नलाङ गाविस वडा नं ४ मा संचालन गरिएको व्यावसायिक कफि नर्सरी व्यवस्थापन तथा रोपण सम्बन्धि २ दिने तालिम शुक्रबार सकिएको छ ।
हिमालय अर्गानिक कफि स्टेट प्रा लि को व्यावस्थापनमा राष्ट्रिय चिया तथा कफि बिकास बोर्डले तालिमको आयोजना गरेको हो । तालिममा धादिङ जिल्लाका विभिन्न गाबिसका कृषकहरुको सहभागिता रहेको थियो ।
तालिम अवधिभर चिया तथा कफि बिकास बोर्ड क्षेत्रिय कार्यलय पोखराका कफि प्राविधिक प्रेम निधि ढकालले कफि खेति गर्ने तरिका, खेति गर्दा ध्यान दिनुपर्ने कुरा, तथा कपि खेतिका सम्भाव्यताका बारेमा जानकारी गराएका थिए ।
धादिङ जिल्लामा व्यवसायीक रुपमा कफि खेती गर्दै आएका किसानहरुलाई सहज बनाउनका लागि तालिमको आयोजना गरिएको तालिमका व्यवस्थापक पुरुषेत्तम रेग्मीले जानकारी दिए ।