२८ फागुन, धादिङ – ४ वर्षीय छोरी सहित एक युवती एक महिना अगाडी देखि काठमाडौ स्वयम्भुबाट बेपत्ता भएकी छिन् ।
काभ्रे जिल्ला बालुवापाटी देउपुर गाविस वडा न.ं ७ नगरकोट घर भई हाल स्वयम्भुमा श्रीमान सञ्जिव तामाङ्ग र छोरीसगै बस्दै आएकी १९ वर्षीय मनकुमारी तामाङ्ग गत माघ २७ गतेबाट परीवारको सम्पर्कमा नभएको पिता हर्क बहादुर तामाङ्गले बताएका छन् ।
कोठाबाट काममा जान्छु भनि निसकेकी मनकुमारी उक्त दिन देखि ४ वर्षीय छोरी सम्झना तामाङ्ग सहित बेपत्ता भएको उनका पिताले बताए ।
छोरी र नातीनीको खोजि सबै तिर गर्दा फेला नपरे पछि हर्क बहादुरले फागुन १९ गते महानगरीय प्रहरी वृत्त स्वयम्भुमा खोजतलासको लागि निवेदन दिएका छन् ।
प्रहरीले खोजतलास जारी भइरहेको बताए पनि हालसम्म कुनै पत्ता नलागेकोले कही कतै देखेमा नजिकैको प्रहरी कार्यलय सम्पर्क गरीदिन समेत उनले आग्रह गरेका छन् ।