२७ फागनु, काठमाडौं-नेपाली कांग्रेसको खुलातर्फका केन्द्रीय सदस्यहरुको मतगणना बिहीबार पनि हुँदैछ । बुधबार एक सय ५० मत गनेर मतगणना स्थगित भएको हो । खुलातर्फको २५ केन्द्रीय सदस्यका लागि ९० जनाले उम्मेदवारी दिएका छन् ।
धेरै जना उम्मेद्वार भएकाले मत गन्न झण्झटिलो भएको र एउटा मतपत्र गन्न कम्तीमा ५ मिनेट लाग्ने गरेको निर्वाचन समितिले जनाएको छ । सार्वजनिक मत परिणामअनुसार केन्द्रीय सदस्यमा देउवा प्यानलका उम्मेदवारले अग्रता लिएका छन् ।
कांग्रेसको १३ औँ महाधिवेशनबाट सभापतिमा शेरबहादुर देउवा, महामन्त्रीमा शशांक कोइराला र कोषाअध्यक्ष सीतादेवी यावद विजयी भइसक्नुभएको छ । यस्तै प्रदेश, दलित, समावेशी, महिलातर्फको मतगणना पनि बिहीबारदेखि हुने भएको छ ।
बिहान १० बजेदेखि मतगणना सुरु हुने निर्वाचन समितिका सदस्य गोपालकृष्ण घिमिरेले जानकारी दिनुभयो । उहाँका अनुसार सबै पदको मतगणना सकिन कम्तीमा एक हप्ता लाग्ने देखिएको छ । उज्यालो अनलाईनबाट