Thu. Mar 6th, 2025

अखिल क्रान्तिकारी धादिङको अध्यक्षमा माधव छत्कुली चयन

madhab

२६ फागुन, धादिङ – अखिल नेपाल राष्ट्रिय स्वतन्त्र विद्यार्थी युनियन क्रान्तिकारी धादिङको अध्यक्षमा माधव छत्कुली चयन भएका छन् ।

मंगलबार धादिङबेसीमा भएको २० औं जिल्ला सम्मेलनले छत्कुलीको अध्यक्षतमा ३४ सदस्यीय नयाँ कार्य समिति चयन गरिएको हो ।

उपाध्यक्षमा विमला तामाङ, सन्तोष उप्रेती, सचिवमा रुपा पाख्रीन,सह-सचिवमा उपेन्द्र जमकट्टेल, अर्चना तिवारी, कोषाध्यक्ष, राज गुरुङ (नेत्र) चयन भएका छन् । त्यस्तै सचिबालय सदस्यहरुमा गणेश कुमार श्रेष्ठ, कुमार तामाङ, रबिन्द्र थापा, लक्ष्मी गुरुङ रहेका छन् ।

कार्यसमिति सदस्यहरुमा गोकर्ण दर्जी, सुबोध अर्याल, सुकराम तामाङ, दिपेन्द्र लुइँटेल, शम्भु तामाङ, गणेश घिमिरे, चन्द्र लामा तामाङ, बिजय तामाङ, प्रयास घले, मेलिना लामा, सुनिता नेपाली, धन बहादुर चेपाङ, शिन्धु भट्ट, नवीन अधिकारी, राजकुमार थापा, मनोज गुरुङ, रमिता लामिछाने मगर, बिमला श्रेष्ठ, रोजिना भण्डारी, श्रीकृष्ण थापा, चन्द्र गुरुङ, शिबराम सुवेदी र बिज्ञान तामाङ चयन भएका छन् ।

About The Author

अन्य समाचारहरु: