सरिता श्रेष्ठ / २५ फागुन, धादिङ – धादिङबेसीमा मंगलबार नेपाल सहित ७ राष्ट्रका कलाकारले एउटै मञ्चबाट नृत्य प्रस्तुत गरेका छन् ।
१०६ औं अन्र्तराष्ट्रिय श्रमिक महिला दिवसको अवसरमा धादिङ उद्योग वाण्ज्यि संघ महिला उद्यमी विकास समिति र विभिन्न संघसंस्थाहरुको आयोजनामा भएको कार्यक्रममा नेपाल सहित बंगलादेश, इन्डानेसिया, भारत, स्टोनिया, मेक्सीको, श्रीलङ्का लगायतका देशका कलाकारहरुले मनोरञ्जनात्मक नृत्य प्रस्तुत गरेका हुन् ।
पर्यटन प्रवद्र्धनमा सहयोग, कला संस्कृति जगेर्ना गर्न उत्प्रेरित गर्ने र महिलाको नेतृत्वका विकासमा सहयोग हुने उद्देश्यका साथ आयोजना गरिएको कार्यक्रममा बैशाख १२ गतेकोे विनाशकारी भूकम्पले महिलाहरुमा बनाएको क्रासलाई केही हदसम्म भए पनि कम गराउनका लागि कार्यक्रमकको आयोजना गरिएको आयोजक समितिका सदस्य चिनामाया श्रेष्ठले जानकारी दिइन् ।
लैंगिक समानताका लागि पाईला हाराहारी, सन् २०३० सम्म हिस्सा बराबरी भन्ने नाराको साथ देशै भरी अन्र्तराष्ट्रिय श्रमिक महिला दिवस मनाइरहेको छ । कार्यक्रममा राष्ट्रिय तथा स्थानीय कलाकारहरुले प्रस्तुती पनि गरेका थिए ।
धादिङ उद्योग वाणिज्य संघका उपाध्यक्ष एवम् कार्यक्रम संयोजक विष्णु श्रेष्ठको अध्यक्षतामा सम्पन्न कार्यक्रममा उद्योग वाणिज्य संघका कार्यसमिति सदस्य एवम् महिला उद्यमी विकास समाजका अध्यक्ष कमला श्रेष्ठको प्रमुख आतिथ्य रहेको थियो ।