Sun. Mar 16th, 2025

धादिङमै पहिलो पटक कचहरी नाटक, दर्शक झुम्मिए

kachari natak 1

अस्मिता खतिवडा /२० फागुन, धादिङ  – सदरमुकाम धादिङवेशीमा पहिलो पटक मनोसामाजिक स्वास्थ्य सम्बन्धी कचहरी नाटक देखाइएको छ । यातना पीडित सरोकार केन्द्र नेपाल सिभिक्टको आयोजनामा ईज्राएड र अमेरेकी कियरको आर्थिक सहयोगमा विहिबार नाटक देखाईएको हो ।

सिभिक्ट नेपालले जिल्लाको सबै गाविस र नगरपालिकामा महिलास्वास्थ्य स्वयम सेविका मार्फत समुदायमा आधारित मनोसामिजक स्वास्थ्य सम्बन्धी क्षमता अभिवृद्धि कार्यक्रम गरिने सिभिक्ट नेपालका दिलबहादुर शाहीले जानकारी दिए ।

kachari natak 2

समुदायका व्यक्तिहरुलाई भुकम्प जस्तै विभिन्न तनावजन्य घटना तथा जिवनमा आइपर्ने विभिन्न समस्याको समाधानका उपाय खोज्न नाटकले सहयोय गर्ने मनोचौतारी परियोजनाका व्यवस्थापन तथा अमेरिकेयर्सका निमा शाक्यले बताइन् ।

वैशाख १२ गतेको भुकम्पले निम्त्याएको मनोसामाजिक स्वास्थ्य समस्या र लक्षणहरु समेटिएको विषयवस्तुलाई नाटक मार्फत देखाइएको थियो । अन्य नाटक जस्तो नभई दर्शकहरुबाटै समस्याको समाधान खोजीने नाटक भएकाले नाटक छुट्टै र नौलो लागेको दर्शकहरुले बताएका छन् ।

About The Author

अन्य समाचारहरु: